मेष: स्वास्थ्य राम्रो रहन्छ। नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ तर समयको सही सदुपयोग अवश्य गर्नुहोलाl कामका चिन्ताले सताउनेछन्। परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ।
बृष: आफन्तै व्यक्तिहरूस“ग झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन। निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटना पनि हुन सक्नेछ। त्यसैले सतर्क हुनु अति आवश्यक छ। अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ।
मिथुन: समय मध्यम खालको छ। आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन। आँखामा एक्कासी खराबी आउन सक्नेछ। आटेका कामहरूमा असफलता हुने। सोचेजतिका सबै कामहरूमा विनाबाधा पुरा हुने। जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहनु अत्यन्त जरुरी छ।
कर्कट: लाभका मौकाहरू उपयोग गर्न सके राम्रा छन्। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। घरमा नयाँ सामानहरू किन्ने र घर सजाउनेमा विशेष चाहना हुने देखिन्छ। मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ। आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ।
सिंह: समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला। पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ। चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ। समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन।
कन्या: सोचेका कामहरूमा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्ने छ। पिर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ। सोचे जतिका सबै काम धेरैजसो पूरा हुनेछन्। तर संघर्ष भने खूब गर्नुपर्नेछ। समग्रमा आजको समय मध्यम रहनेछ।
तुला: इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा सहभागी हुन पाइनेछ। घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ। आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउला भन्न सकिन्छ। शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ। समग्रमा आजको समय पनि शुभ रहनेछ।
वृश्चिक: कुनैपनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यले समेत साथ दिनेछ। पुर्व दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन्। समय शुभ छ उपयोग गर्नुहोला।
धनु :खाना नपच्ने, कुनै व्यक्तिसंग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछl एक्कासी स्वास्थ्यलाई असर पर्न सक्नेछ। आज खाने पिउने मामलामा पनि दु:ख पाइने देखिन्छ। मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन।
मकर: आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ। टाढाको यात्रामा जानु पनि ठीक छैन। मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा हुन् सक्ने छ। सतर्क रही कार्य गर्नुहोला ।
कुम्भ: आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ। शुरु गरेका काम सम्पन्न हुनेछन्। तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ। आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ। ज्यादै सतर्क हुनु आवश्यक छ। काम भने विग्रने सम्भावना रहनेछ।
मीन: आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन। त्यसकारण तपाईंको मन अस्थिर हुन सक्नेछ। जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ। खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्। चिन्ता नलिनु वेश हुनेछ। स्वास्थ्य संवेदनशील रहने देखिन्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

							
                

				
																			
																			
																			
																			
																			
																			
													