रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मिथिला चित्रकार सुनैना ठाकुरले जेन–जेड आन्दोलनलाई चित्रमार्फत अभिव्यक्त गरिन्

[sharethis-inline-buttons]

जनकपुरधाम – चर्चित मिथिला चित्रकार सुनैना ठाकुरले नेपालमा भइरहेको जेन–जेड आन्दोलनलाई आफ्ना कलाकृतिहरूमार्फत अभिव्यक्त गरेकी छिन्। परम्परागत मिथिला पेन्टिङ शैलीलाई प्रयोग गर्दै उनले देश र आमाको पीडा, न्यायको खोजी तथा आन्दोलनमा युवापुस्ताको बलिदानलाई क्यानभासमा उतारेकी हुन्।

उनका अनुसार मिथिला चित्रले केवल संस्कृति र परम्परा मात्र नभई वर्तमान राजनीतिक र सामाजिक सन्देश पनि जनतालाई सुनाउन सक्छ। उनले तयार पारेका चित्रहरूमा आन्दोलनमा सहादत दिने युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना समेत गरिएको छ।

सुनैना ठाकुरको भनाइमा, कलाले समाजको पीडा बोल्छ, र यसले आन्दोलनलाई पुस्तौंपुस्ता सम्झाउने ऐतिहासिक प्रमाणको रूपमा काम गर्छ।

कलाकार ठाकुरको यस्ता सिर्जना अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर