मेष :प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
वृष :आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
मिथुन :काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ ।
कर्कट :सन्तानले प्रसन्नता दिलाउनेछन । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ ।
सिंह :परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । ब्यापार ब्यबसायबाट पनि फाइदा हुनेछ ।
कन्या :दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ ।
तुला :सामाजिक मानसम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेकोछ।
वृश्चिक :सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन ।
धनु :ब्यापार ब्यबसायबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मकर :पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसि रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ ।
कुम्भ :धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।
मीन :पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।




