धनुष टिभी धनुषा ।
धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुर बजारमा छठ पर्वलाई लक्षित गर्दै पोखरी र वरिपरिका छठ घाट क्षेत्रमा जेन–जेड र स्वतन्त्र युवा समूहले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको नेतृत्व जेन–जेड संयोजक अंकित मण्डल र कुमार नायकले गरेका थिए भने सह–संयोजक नीरज मल्ल, रमिश यादव र दिलीप दासको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा स्वन्त्र युवा तथा जेन–जेडका सदस्यहरू — अर्विन साहनी, प्रिन्स गुप्ता, कृष्ण यादव, जितेन्द्र साह, जितेन्द्र राम, जयबिर साह, राकेश राम, रितेश, सञ्जीप, सजन साह, सतीश, महेश, सागर, राजन, रबिन, रूपक, प्रदीप लगायतका युवाहरू उपस्थित थिए।
स्थानीय बासिन्दा र व्यापारीहरूले पनि युवाहरूको यो पहलको प्रशंसा गर्दै यसले धार्मिक स्थलको पवित्रता जोगाउन र सरसफाइको सन्देश फैलाउन ठूलो योगदान पुर्याएको बताएका छन्।
कार्यक्रमका संयोजक अंकित मण्डलले भने, “हामीले यस अभियानमार्फत छठ पर्वलाई स्वच्छ र पवित्र वातावरणमा मनाउन सन्देश दिन खोजेका हौं। यो कार्य निरन्तर हुनेछ।”
यस सरसफाइ अभियानले किसानपुर बजारका अन्य युवाहरूलाई पनि सामुदायिक सेवामा जोडिने प्रेरणा दिएको स्थानीयले बताएका छन्।




