रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

“कुम्हरामा सरसफाइ कार्यक्रम सम्पन्न, नियम उल्लङ्घन गर्नेलाई रु.५५१ जरिवाना”

[sharethis-inline-buttons]

धनुष टिभी,धनुषा ।
धनुषाको धनुषाधाम नगरपालिका–८, कुम्हरामा श्री कुम्हरा युवा क्लबको आयोजनामा तथा श्री छठ पूजा समिति र जेनजीको सहकार्यमा भव्य सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर उपप्रमुख विद्या देवी भुजेल, माओवादी नेता झल्कु भिन्वार यादव, समाजसेवी जगदीश मरिक यादव, वडा अध्यक्ष पदका प्रत्याशी पवन यादव, अनेरास्ववियुका नेता जितेन्द्र यादव, सन्जित यादव, सन्जय मण्डल, रमेश यादव, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार तथा क्लब अध्यक्ष मुकेश कुमार ठाकुर, श्याम यादव, सतिश यादव, अस्तोश यादव, सनित यादव, मनोज बनरैत यादव, मुकेश यादव, सरोज यादव, युवा नेता महेश यादव, सन्तोष भुजेल, नरेश ठाकुर लगायत सयौँ स्थानीयको सक्रिय सहभागिता रहेको थियो।

अभियान अन्तर्गत गाउँका सडक, पोखरी, रामजानकी मन्दिर परिसर र क्लब भवन वरपर क्षेत्र सफा गरिएको थियो। सहभागीहरूले सरसफाइलाई केवल पर्व विशेष होइन, दैनिक जीवनको आवश्यकताका रूपमा अंगीकार गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा उपस्थित सबै वक्ताहरूले सरसफाइको महत्त्व, सामाजिक एकता र सामूहिक जिम्मेवारीबारे मन्तव्य राखेका थिए। वक्ताहरूले यस अभियानले गाउँमा सचेतना र सहकार्यको नयाँ सुरुवात गरेको उल्लेख गर्दै नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमपछि क्लबले समुदायको सहमतिमा तीन बुँदे निर्णय गरेको छ। गाउँका सडक दुबैपट्टी रहेका नाला माथिको ढक्कनमा र सडक पेटीमा फोहोर, गोबर वा अन्य सामग्री राख्नेलाई रु। ५५१ जरिवाना गरिने,
बजार क्षेत्रमा रहेका पसल तथा टहराहरूलाई व्यवस्थित रूपमा पुनःव्यवस्था गर्ने, हरेक महिनाको अन्तिम शनिबार सरसफाइ अभियान सञ्चालन गर्दै क्लब बैठक बस्ने।

क्लब अध्यक्ष तथा पत्रकार मुकेश कुमार ठाकुरले भने, “यो अभियान सरसफाइ मात्र होइन, स्वच्छ सोच र एकताको प्रतीक हो। हामी हरेक महिनाको अन्तिम शनिबार यस्तो सामूहिक सरसफाइलाई निरन्तरता दिनेछौं,” उनले बताए।

स्थानीय बासिन्दाहरूले पनि यस्ता सामुदायिक कार्यक्रमलाई निरन्तरता दिँदै गाउँलाई स्वच्छ, सुन्दर र अनुशासित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर