नगेन्द्र महरा,धनुषा । धनुषाधाम नगर क्षेत्रका सबै वडाका जेन–जि प्रतिनिधिहरूको समन्वयमा एक भेलाको आयोजना हुने भएको छ । शनिबार बिहान ११ बजे धनुषाधाम नगरपालिका–९ स्थित माध्यमिक विद्यालय मुलाबारी, भिमान धारापानीमा बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।
बैठकमा धनुषाधाम नगरका ९ वटै वडाका जेन–जि सदस्यहरूलाई उपस्थितिका लागि संयोजक अमन खड्का, अंकित मण्डल र कुमार नायकले आह्वान गरेका छन् ।
संयोजकहरूका अनुसार उक्त बैठकले संगठन सुदृढीकरण, आगामी गतिविधि योजना तथा युवाबीच समन्वय विस्तारमा केन्द्रित रहनेछ ।
							तपाईको प्रतिक्रिया
							
						
						
							
                

				
																			
																			
																			
																			
																			
																			
