कार्तिक १७ जनकपुरधाम। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षा आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० माध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ।आवेदन फारम दस्तुर पाँचसय रुपैयाँ तोकिएको छ।थप जानकारीको लागि हेर्नुहोस् सूचना


तपाईको प्रतिक्रिया




