रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम–४ मा ‘उज्यालो भविष्य’ अभियानलाई नयाँ अभिभावक

[sharethis-inline-buttons]

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४, रामपुरमा सञ्चालन भइरहेको उज्यालो भविष्य अभियानअन्तर्गतको निःशुल्क ट्युशन कक्षा अब थप व्यवस्थित रूपमा सञ्चालन हुने भएको छ।
वडा अध्यक्ष मनोज कुमार यादवको पहलमा मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले उक्त अभियानको अभिभावकत्व लिन सहमति जनाएका छन।
रेडियो धनुष ९९.७ मेगाहर्जका सहायक स्टेशन म्यानेजर पत्रकार नागेन्द्र महरा, सरोज महरा र दिपक महराले सुरु गरेको यो निःशुल्क ट्युशनलाई दीगो र प्रभावकारी बनाउन वडा अध्यक्ष यादवले आज गाउँस्तरीय भेला आयोजना गरी अध्यक्ष मण्डललाई संचालनको जिम्मेवारी लिन आग्रह गरेका थिए।

भेलामा वडा अध्यक्ष, वडा सदस्य, पत्रकार मुकेश कुमार ठाकुर सहित स्थानीय बासिन्दाको सक्रिय सहभागिता थियो। समुदायको पहलमा सञ्चालन भइरहेको यो अभियानले दलित तथा सीमान्तकृत बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर