रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

‘नपढ्ने, तर जवरजस्ती परीक्षा फारम भर्ने प्रवृत्ति विद्यालयको ठूलो पीडा’प्रधानाध्यापक मण्डल

[sharethis-inline-buttons]

धनुष टिभी ,धनुषा ।
धनुषाको विदेहनगरपालिका–३ तिनकौरियाको गिदाबेलापट्टी माध्यमिक विद्यालय, जो देशकै दोस्रो उत्कृष्ट नमुना विद्यालयका रूपमा पहिचान बनाएको छ, त्यही विद्यालयका प्रधानाध्यापक पवन मण्डलले सामुदायिक विद्यालयलाई प्रभावित पारिरहेको एक गम्भीर समस्याबारे गुनासो व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार वर्षभरि कक्षामा नआउने विद्यार्थी तथा अभिभावकहरूले जवरजस्ती परीक्षा फारम भर्न दबाब दिने, तथा परीक्षामा असफल हुँदा विद्यालय र शिक्षकलाई नै दोष दिने प्रवृत्ति तीव्र रूपमा बढ्दो छ।

प्रधानाध्यापक मण्डलले यस्तो गलत संस्कारले शिक्षाको गुणस्तरमा प्रत्यक्ष असर पार्ने बताउँदै नियमित कक्षा उपस्थितिलाई अनिवार्य बनाउन अभिभावक, विद्यार्थी र विद्यालय सबैको समान जिम्मेवारी रहने उल्लेख गर्नुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर