रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

श्री कुम्हरा युवा क्लबको ११औँ वार्षिक साधारणसभा सम्पन्न, मुकेश ठाकुर पुनः अध्यक्ष चयन

[sharethis-inline-buttons]

श्री कुम्हरा युवा क्लबको ११औँ वार्षिक साधारणसभा सम्पन्न, मुकेश ठाकुर पुनः अध्यक्ष चयन भएको छ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरामा रहेको श्री कुम्हरा युवा क्लबको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

क्लबका अध्यक्ष मुकेश कुमार ठाकुरको अध्यक्षतामा सम्पन्न साधारणसभामा सन्त देवेन्द्र दास,झल्कु भिन्वार यादव,दिपक यादव, सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार बोहरा, डा। अमिन्द्र भिनवार यादव, एमाले वडा अध्यक्ष विष्णुहरि पूर्वछानेलगायत स्थानीय अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्ष पदमा मुकेश कुमार ठाकुर पुनः चयन भएका छन्।
अन्य पदाधिकारीमा उपाध्यक्ष बबिता मण्डल, कोषाध्यक्ष रिन्कु कुमारी यादव, सचिव जितेन्द्र यादव र सह–सचिव मुकेश कुमार यादव चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा रञ्जु कुमारी, अश्तोष यादव, आशा कुमारी यादव र आशा यादव चयन भएका छन् भने सल्लाहकारमा जगत नारायण, मरिक यादव, शुभ नारायण यादव, डा। अमिन्द्र भिनवार यादव, नथुनी ठाकुर, पवन बनरैत, मनोज बनरैत, मन्छु भिनवार र मनोज चयन भएका छन्।

साधारणसभामा क्लबको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी दिनमा युवामार्फत सामाजिक तथा रचनात्मक गतिविधि विस्तार गर्ने विषयमा छलफल गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर