रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

बोदे बर्साईनमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान शुरु

[sharethis-inline-buttons]

 

उमेश कुमार साह

बोदे बर्साईन , सप्तरी पुस २५ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै मधुमेह जाँच सम्बन्धि स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाले सुरु गरेको यो कार्यक्रमले पालिका भित्रका सबै वडाका नागरिकको घर आँगनसम्म स्वास्थ्य सेवा पुर्‍याउँदै सचेतनाको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेलेको नगरपालिकाका स्वास्थ्य संयोजक बैजनाथ साहले बताउनु भयो ।

संयोजक साहका अनुसार समयमै स्वास्थ्यसम्बन्धी जानकारी नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो । उहाँले थप्नु भयो, “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौं ।”

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सो कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै १० वटा वडामा अनमी, स्टाफ नर्स , अहेव र डाक्टर गरी ४५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उनीहरूले मधुमेह रोग सम्बन्धि विभिन्न जाच गरि सुत्केरी ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य शाखाका संयोजक बैजनाथ साहले कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिने छ र नागरिकको अवस्था पहिचान गरेर तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको छ ।

उता, स्थानीयवासीहरूले पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन् । बोदे बर्साईन नगरपालिका १ का सस्तु यादवले घरघरमै आएर स्वास्थ्य परीक्षण तथा परामर्श दिने र तथ्याङ्क सङ्कलन गर्ने कार्यले धेरै बिरामीलाई लाभ मिलेको बताउनु भयो ।

नगरपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको संयोजक साहको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर