रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रयागपुर कल्याण कोषद्वारा किड्नी पीडित बालकलाई आर्थिक सहयोग

[sharethis-inline-buttons]

रामनारायण ठाकुर
मिर्चैया, २०८२ पुस २५ गते शुक्रबार
सिरहा जिल्लाको मिर्चैया नगरपालिका–१, रामपुरविर्ता गाउँ निवासी रामउदगार मुखियाका ७ वर्षीय छोरा कात्तिक मुखियाकाे दुवै किड्नीमा गम्भीर समस्या देखिएपछि हाल पीडितकाे
अवस्था उपचाररत छन्। किड्नी रोगबाट पीडित बालक कात्तिक मुखियालाई प्रयागपुर कल्याण कोषले रु २१ हजार १ सय ५५ रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ।
प्रयागपुर कल्याण कोषका सदस्यहरू तथा प्रयागपुरका युवाहरूले आज पीडितको घरमै पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
पीडित बालककी आमा रूनचि देवी मुखियाका अनुसार कात्तिकलाई करिब दुई वर्षको उमेरदेखि नै आँखा र पेट सुन्निने समस्या देखिन थालेको थियो। उपचारका लागि चिकित्सककहाँ लैजाँदा दुवै किड्नीमा गम्भीर समस्या भएको पत्ता लागेको उनले बताइन्। हाल कात्तिकको उपचार धरानस्थित अस्पतालमा भइरहेको छ।
दीर्घकालीन उपचारका कारण परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएपछि कात्तिककी आमा रूनचि देवी मुखियाले विभिन्न संघ–संस्था तथा सहयोगी मनकारी व्यक्तिहरूसँग आर्थिक सहयोगको अपिल गरेकी छन्।
पीडित बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताहरूले तल उल्लेखित विवरणमार्फत सहयोग गर्न सक्नेछन्–
बैंक खाता विवरण:
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मिर्चैया शाखा
खाता नं.: 2150100061068010
खाता नाम: Runchi Devi
eSewa: Runch Devi
सम्पर्क नम्बर: 9709477076

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर