जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुरधाम आउने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पार्टी कार्यसमितिको बैठकले पूर्व राजाको स्वागत तथा व्यवस्थापनलाई भव्य र व्यवस्थित बनाउने निर्णय गरेको छ। यसै क्रममा पार्टीका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को संयोजकत्वमा १००१ सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ।
भ्रमणका क्रममा पूर्व राजा शाहले जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा विशेष पूजाअर्चना तथा दर्शन गर्ने कार्यक्रम तय भएको छ। राप्रपाले विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तीव्र बनाएको जनाएको छ र यस भ्रमणलाई ऐतिहासिक बनाउन सबै पक्षबाट तयारी भइरहेको दाबी गरेको छ।
जनकपुरधाममा पूर्वराजा ज्ञानेन्द्रको धार्मिक भ्रमण, राप्रपाको भव्य स्वागत तयारी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




