ललितपुर ।
धनुषा जिल्ला जेन–जी कोर्डिनेटर तथा नागरिकता बिहिन संघर्ष समिति नेपालको प्रमुख सल्लाहकार सागर यादवको नेतृत्वमा साक्षर नेपाल अभियान अन्तर्गत उपत्यका समन्वय समिति गठन गरिएको छ।
ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लोकराज शाह र विशिष्ट अतिथि रमिता नायक प्रधानको उपस्थितिमा समिति गठन गरिएको हो। कार्यक्रममा अभियानको उद्देश्य, वर्तमान अवस्था तथा भावी कार्यदिशाबारे छलफल गरिएको थियो।
नवगठित उपत्यका समन्वय समितिको संयोजकमा सागर यादव चयन भएका छन्। सह–संयोजकमा कृष्ण आचार्य र सदस्य सचिवमा रमिता नायक प्रधान रहेका छन्। समितिका सदस्यहरूमा कमलेश कुमार, हलिम बाबू खान, हरि बहादुर कार्की, उत्तम साह, सिमरन सह, रिजवान बढ्है, कृष्ण पहाडी र मिनराज गोराल रहेका छन्।
कार्यक्रममा बोल्ने वक्ताहरूले साक्षरता र नागरिक अधिकारका विषयमा साझा पहल आवश्यक रहेको बताउँदै उपत्यका क्षेत्रमा अभियानलाई सशक्त रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा आयोजकले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
साक्षर नेपाल अभियान अन्तर्गत उपत्यका समन्वय समिति गठन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




