रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शेरबहादुर देउवा चुनाव नलड्ने, ३४ वर्षे संसदीय यात्रामा पूर्णविराम

[sharethis-inline-buttons]

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। यससँगै उनको करिब ३४ वर्ष लामो संसदीय राजनीतिक यात्रामा पूर्णविराम लागेको छ।
डडेलधुरा निर्वाचन क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका देउवाले यसपटक चुनाव नलड्ने निर्णय गरेका हुन्। उनको यो निर्णयले कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
यसैबीच, कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टीले युवालाई प्राथमिकता दिँदै उम्मेदवार छनोट तथा टिकट वितरण प्रक्रिया अघि बढाइरहेको बताइएको छ। पार्टीले आगामी निर्वाचनमा नयाँ सोच, ऊर्जा र नेतृत्वसहित जनतामा जाने रणनीति लिएको कांग्रेस स्रोतको भनाइ छ।
देउवाको चुनावी राजनीतिबाट अलग रहने निर्णयलाई कांग्रेसको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर