रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सबैलामा विभिन्न पार्टीका कार्यकर्ता नेकपामा प्रवेश

[sharethis-inline-buttons]

अर्जुन कार्की,धनुष टिभी ।
धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्लामा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
फागुन २१ गते हुन लागेको आम निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं. १ का नेकपा उम्मेदवार मातृकाप्रसाद यादवले नवप्रवेशीहरुलाई गमछा लगाएर पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा उम्मेदवार यादवले नेकपाले जनताको हक–अधिकार, विकास र समृद्धिका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै सबैलाई एकजुट भएर निर्वाचनमा होमिन आग्रह गरे।
नवप्रवेशी कार्यकर्ताहरुले नेकपाको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर