रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जसपा नेपाल धनुषा–१ को क्षेत्रीय बैठक सम्पन्न, तोकिए पालिका संयोजक

[sharethis-inline-buttons]

नागेन्द्र महरा,धनुष टिभी
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा)नेपाल धनुषा निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय बैठक सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक कार्कीको उपस्थितिमा सम्पन्न बैठकमा क्षेत्र अन्तर्गतका सबै पालिका तथा वडाका अध्यक्ष, अगुवा कार्यकर्ता र नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
बैठकले जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबीचको सहकार्यलाई चुनावी समयसम्म निरन्तरता दिने निर्णय गर्दै सम्पूर्ण पालिकामा संयोजक तोकेको छ। तोकिएका पालिका संयोजकहरूमा हँसपुर नगरपालिकाको संयोजक हरि यादव, मिथिला बिहारी नगरपालिकाको संयोजक सुरेन्द्र मण्डल, धनुषाधाम नगरपालिकाको संयोजक विनोद यादव, सबैला नगरपालिकाको संयोजक रामचन्द्र जशवाल तथा गणेशमान चारनाथ नगरपालिकाको संयोजक रामचरित्र यादव रहेका छन्।
त्यस्तै बैठक लोसपा नेपालका प्रदेश उपाध्यक्ष एवं हंसपुर नगरपालिकाका पुर्व मेयर राम ज्ञान मण्डल उपस्थित रहनुभएको थियो ।
बैठकले पालिका तथा वडास्तरमा भेला आयोजना गर्ने र चुनावी गतिविधि सञ्चालन गर्ने जिम्मेवारीसमेत सम्बन्धित संयोजकहरूलाई बाँडफाँड गरेको छ।
बैठकलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिपक कार्कीले देशमा चलिरहेको परिवर्तनको चर्चा केवल ‘हावा’ भएको आरोप लगाए। उनले संघीयताविरोधी शक्तिहरूसँग न त स्पष्ट भिजन छ, न त कुनै ठोस कार्ययोजना रहेको भन्दै जसपा नेपालसँग मात्रै स्पष्ट भिजन र मिसन रहेको दाबी गरे।
उनले आगामी निर्वाचनमा मधेसको अधिकार, पहिचान र संघीयताको रक्षा गर्न जसपा नेपाललाई बलियो बनाउनु आजको आवश्यकता रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर