धनुषा। उज्यालो नेपाल धनुषा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर महेश यादवले धनुषाधाम नगरपालिका वडा नं. ९ स्थित धारापानीमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेका छन्।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरी उज्यालो नेपालमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार यादवले अबिर र माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय अगुवा, समर्थक र कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया




