रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

ढल्केवरमा एमाले कमजोर, १०० भन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

[sharethis-inline-buttons]

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत मिथिला नगरपालिका ढल्केवरमा नेकपा (एमाले) लाई ठूलो धक्का लागेको छ। एमाले परित्याग गर्दै १०० भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
ढल्केवरमा आयोजित कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधि, निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादव तथा जिल्ला सभापति योगेन्द्र पजियारसहितका नेताहरूले नवप्रवेशीलाई टीका, माला र गमछा ओढाएर पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा बोल्दै नेताहरूले जनताको भरोसा कांग्रेसप्रति बढ्दै गएको र यसले आगामी निर्वाचनमा पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

फोटो मिथिला पाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर