रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

[sharethis-inline-buttons]

जनकपुरधाम, माघ १५ ।
प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६२ औँ बलिदान दिवसको अवसरमा शहीद दुर्गानन्द स्मारक संरक्षण समितिले उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ। जनकपुरधाम–२३ सोनामाई स्थानस्थित शहीद दुर्गानन्द स्मारकमा आयोजित कार्यक्रममा मधेश प्रदेशका सभामुख रामआशिष यादवले शहीद दुर्गानन्द झाको योगदान अभिलेख गर्न अभिलेखालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पूर्वमन्त्री जुली कुमारी महतो, वरिष्ठ पत्रकार श्रीनारायण साहलगायत वक्ताहरूले दुर्गानन्द झालाई गणतन्त्रका प्रथम शहीदका रूपमा सम्मान गर्नुपर्ने माग गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी तथा स्थानीय व्यक्तिहरूले शहीदको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै विचार व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर