रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाम नगरपालिकामा नेपाली कम्युनिस्ट पार्टी बलियो बन्दै, विभिन्न दल परित्याग गरी प्रवेश

[sharethis-inline-buttons]

धनुषा निर्वाचन क्षेत्र न.१ अन्तरगत धनुषाधाम नगरपालिका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थप सशक्त बन्दै गएको छ। नेकपा (एमाले) धनुषाधामका अशेश्वर यादव, विल्टु मण्डल, विनिय मण्डल, परिछ्न यादव, महेन्द्र यादव, भूल्ला यादव, छेदु मण्डल, रामभक्त यादव तथा सुर्जा साहले आ–आफ्नो पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
यसैगरी नेपाली काँग्रेसका विशेश्वर मण्डल र अमर कुमार यादव, जसपा नेपालका मल्कु मण्डल तथा राप्रपाका रामचन्द्र यादव पनि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशी नेताहरूलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादवले गमछा र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
सो प्रवेश कार्यक्रम पूर्व मन्त्री तथा नेकपा नेता शत्रुधन महतोसहित स्थानीय नेताकार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले विकास, सुशासन र जनताको पक्षमा काम गर्ने विश्वासका साथ नेपाली कम्युनिस्ट पार्टी रोजेको बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर