जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल, मधेश प्रदेशका कोषाध्यक्षले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले मधेश प्रदेश अध्यक्षलाई सम्बोधन गर्दै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा उनले मधेश प्रदेश कोषाध्यक्षको रूपमा विभिन्न समितिमा काम गर्ने अवसर पाएकोप्रति पार्टीप्रति आभार व्यक्त गरेका छन्। आफ्नो कार्यकालमा पार्टीका पदाधिकारी तथा सदस्यहरूबाट निरन्तर सहयोग, साथ र विश्वास प्राप्त भएको भन्दै उनले सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।
आजको मितिदेखि पार्टीको सदस्य नरहने निर्णयसहित राजीनामा पेश गरिएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण पदाधिकारी र सदस्यहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
अन्त्यमा पार्टीको उज्ज्वल भविष्यको कामना गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन उनले विनम्र अनुरोध गरेका छन्।
जसपा मधेश प्रदेश कोषाध्यक्षद्वारा पार्टी सदस्यताबाट राजीनामा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




