रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिरहामा ठेकेदार सम्पर्कविहीन, ११ करोडको पुल योजना अलपत्र

[sharethis-inline-buttons]

धनुष–सिरहा हुलाकी राजमार्ग अन्तर्गत सहजा खोलामा निर्माणाधीन पुल चार वर्षदेखि अलपत्र परेपछि ठेकेदार कम्पनी सम्पर्कविहीन भएको खुलासा भएको छ। समयमै पुल नबन्दा दुर्घटनाबाट ज्यान गुम्ने क्रम बढेपछि स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्।
११ करोड ५४ लाख रुपैयाँको ठेक्का पाएको सुगम निर्माण सेवा प्रा.लि.ले ४ करोड ४८ लाख रुपैयाँ भुक्तानी लिइसकेको भए पनि काम ३९ प्रतिशतमा सीमित छ। हुलाकी सडक निर्देशनालयका अनुसार एक साताभित्र काम सुरु नभए ठेक्का तोड्ने प्रक्रिया अघि बढाइनेछ।
पुल नहुँदा औरही, अर्नामा, बरियारपट्टि र सिरहा नगरक्षेत्रका हजारौँ नागरिक दैनिक जोखिममा यात्रा गर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर