नवीन यादव । धनुष टिभी,धनुषा
धनुषा निर्वाचन क्षेत्र नं.१ अन्तर्गत सबैला नगरपालिका–२ मा नेकपा (एमाले) परित्याग गरी ४३ जना नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि सबैलामा नेकपाको संगठन झन सुदृढ बनेको छ।
प्रवेश गर्नेहरूमा नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्ष मुकेश पुर्वे, सबैला नगर समिति सदस्य ओम नारायण साह, जमुना राउत, रामपुकार राउतलगायत रहेका छन्। नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मातृकाप्रसाद यादवले अबिर, माला र गमछा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। यो प्रवेशसँगै सबैला क्षेत्रमा नेकपाको जनाधार थप मजबुत बन्दै गएको बताइएको छ।
तपाईको प्रतिक्रिया




