धनुषा । नेपाली कम्युनिष्ट पार्टीले धनुषा निर्वाचन क्षेत्र अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं. ४ गौरीपुरमा चुनाव केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादवले स्थानीय नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको सुझाव संकलन गर्नुका साथै क्षेत्रका विभिन्न समस्या तथा आवश्यकताबारे छलफल गर्नुभएको थियो। उहाँले स्थानीय विकास, जनअपेक्षा र आगामी योजनाबारे आफ्नो धारणा समेत राख्नुभएको बताइएको छ।
उक्त कार्यक्रममा दीपक यादव, वडा अध्यक्ष मनोज यादव, दामोदर चौहान लगायत स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले क्षेत्रका विकास, पूर्वाधार तथा जनजीविकासँग सम्बन्धित विषयमा आफ्ना धारणा राखेका थिए।
पार्टीले यस्ता कार्यक्रममार्फत जनताको सुझावका आधारमा आगामी कार्ययोजना तय गर्ने जनाएको छ।
धनुषाधाम–४ गौरीपुरमा नेकपा द्वारा चुनाव केन्द्रित अन्तरक्रिया
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




