नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत धनुषाधाम नगरपालिका वडा नं. १ मा उम्मेदवार राम पल्टन साह नेतृत्वमा घरदैलो कार्यक्रम भएको छ।
घरदैलोमा उम्मेदवार साहसँगै पार्टीका तथा राष्ट्रिय सभा सदस्य आनन्द डुंगाना, दिलिप डुंगाना, मनिष कुमार यादव र वडा सभापति रामपदार्थ यादव अन्य कार्यकर्ता तथा समर्थकहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा उम्मेदवार साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी योजना, प्रतिबद्धता र पार्टीका नीतिहरूको जानकारी दिएका थिए। साथै बासिन्दाका समस्या, सुझाव र अपेक्षा सुन्दै जनसमर्थन जुटाउने प्रयास गरिएको बताइएको छ।
तपाईको प्रतिक्रिया




