धनुषा — धनुषा निर्वाचन क्षेत्र न.१ मा नेकपाका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मातृकाप्रसाद यादव नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले धनुषाधाम नगरपालिका वडा–०७ किसानपुरमा आयोजित कार्यक्रममा नवप्रवेशीलाई स्वागत गरेका छन्। उक्त कार्यक्रममा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एमाले) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ३३ जना नेकपामा प्रवेश गरेका छन्।
त्यसैगरी सबैला नगरपालिका वडा–१३ किरतपुर शेख टोलमा पनि दल परित्यागको क्रम जारी रहँदै नेपाली कांग्रेस, नेकपा (एमाले)तथा लोकतान्त्रिक समाजवादी पार्टी त्याग गर्दै ४८ जना नेकपामा प्रवेश गरेका छन्।
नेता यादवले नवप्रवेशी सबैलाई हार्दिक स्वागत तथा बधाई दिँदै पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका
धनुषा निर्वाचन क्षेत्र न.१ मा नेपाली कम्युनिष्ट पार्टी प्रवेशको लहर विभिन्न दल परित्याग
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




