धनुषा — गणेशमान चारनाथ नगरपालिका–३ गंगापुरमा नेपाली कांग्रेस का निर्वाचित वडा सदस्य लतिफ मिया कवारीसहित ७३ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै धनुषा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मातृकाप्रसाद यादव ले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले पार्टी प्रवेशले संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्दै जनताको विकास र समृद्धिका लागि सबैलाई मिलेर अघि बढ्न आग्रह गरेका छन्।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले देश र जनताको हितका लागि नेकपाको नीति तथा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीमा आबद्ध भएको बताएका छन्।
स्थानीय तहमा बढ्दो पार्टी प्रवेशसँगै धनुषा क्षेत्रमा नेकपाको संगठनात्मक आधार थप मजबुत बन्दै गएको पार्टीका नेताहरूको दाबी रहेको
गणेशमान चारनाथमा ७३ जना नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी प्रवेश
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




