रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

शंकर प्रसाद यादव नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनित

[sharethis-inline-buttons]

धनुषा — नेपाल विद्यार्थी संघले धनुषाका शंकर प्रसाद यादव लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम यादवलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।
संघका अध्यक्ष दुजाङ शेर्पाद्वारा जारी मनोनयन पत्रमा संघको विधि, विधान र मर्यादाभित्र रही संगठनलाई गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ। साथै यादवको मनोनयनले संघलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनियुक्त केन्द्रीय सदस्य यादव यस अघि धनुषा जिल्ला उपसभापति रहेका थिए यादवको मनोनयनले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपिने विश्वास संघका नेताहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर