धनुषाको गणेशमान चारनाथ नगरपालिका वार्ड १ र ३ मा पूर्व जसपा अध्यक्ष देवकुमार यादव, रामउदगार यादव, तेतर यादव, मखिम साह, राजेन्द्र यादव लगायत दर्जनौं नेताहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
धनुषा निर्वाचन क्षेत्र न.१ का उम्मेदवार मातृकाप्रसाद यादव ले यी नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए भने समानुपातिक उम्मेदवार सर्वन बरबरिया यादव समेत कार्यक्रममा उपस्थित रहनुभएको थियो।
एक नेताका अनुसार, निरन्तर दैनिक रूपमा भइरहेको नेकपा प्रवेशको लहरले धनुषा–१ क्षेत्र सबैभन्दा बलियो भएको छ।
तपाईको प्रतिक्रिया




