धनुषा, फाल्गुन २० — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० धनुषा जिल्ला कार्यालयले क्षेत्र नम्बर १ का मतदातालाई दुवै मतपत्रमा मतदान गर्न आग्रह गरेको छ।
जिल्ला सभापति लक्ष्मेश्वर यादवद्वारा जारी सूचनामा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलसँग सम्बन्धित मुद्दा सम्मानित सर्वोच्च अदालतमा रिट नं. ०८२–८०–०९७२ का रूपमा कायम रहेको उल्लेख गरिएको छ।
सोही कारण भोलि मिति २०८२ फाल्गुन २१ गते हुने मतदानमा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै मतपत्रमा मतदान गर्न क्षेत्रीय, पालिका र वडा तहका सभापति तथा निर्वाचन परिचालन समितिलाई सबै मतदातासम्म जानकारी गराउन पार्टीले विनम्र अनुरोध गरेको छ।
रास्वपाले शुभचिन्तक तथा मतदातालाई मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन अपिलसमेत गरेको छ।
तपाईको प्रतिक्रिया




