काठमाडौं, फागुन १९ — निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ।
आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि साहको उम्मेदवारी रद्द गरिएको हो।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० सालदेखि कालोसूचीमा रहेको पाइएको छ। विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी प्रकरणमा समेत उनको नाम कालोसूचीमा समावेश भएको उल्लेख छ।उम्मेदवारी खारेजी सम्बन्धि जानकारी निर्वाचन अधिकृतको कार्यालय धनुषाधामले जनाएको छ।
यस निर्णयसँगै धनुषा–१ को चुनावी समीकरणमा नयाँ मोड आएको छ।
तपाईको प्रतिक्रिया






