रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

[sharethis-inline-buttons]

नागेन्द्र महरा, धनुष टिभी
धनुषा — ६९औँ राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा गणेशमान चारनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।
नगर सहकारी सञ्जाल गणेशमान चारनाथ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा वडा न।१० अध्यक्ष जिवछ यादव प्रमुख अतिथि रहेका थिए भने नगर प्रमुख जितनारायण यादवको अध्यक्षतामा भएको थियो
कार्यक्रम सहकारी शाखा प्रमुख अभिजित कुमार यादवले सञ्चालन गरेका थिए।
कार्यक्रमअन्तर्गत नगर परिक्रमा, वृक्षरोपण, तथा सहकारी सम्बन्धी जनचेतनामूलक गतिविधिहरू सम्पन्न गरिएका थिए। गोदार नगर अस्पताल परिसरमा वृक्षरोपण गरी वातावरण संरक्षणमा समेत जोड दिइएको थियो। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, सहकारी अभियन्ता, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विशिष्ट अतिथिका रूपमा ज्योती दिया हमाल, वडा नं। १० का अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी नगरका प्रशासकीय अधिकृत छोटी१ मुखियाले सहकारीको विकास र व्यवस्थापनमा स्थानीय तहको भूमिकाबारे धारणा राखेका थिए।
कार्यक्रममा नगर सहकारी सञ्जालका अध्यक्ष धनेश्वर यादवले सहकारी क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे प्रकाश पार्दै सहकारीमार्फत आर्थिक सशक्तीकरण, रोजगारी सिर्जना र दिगो कृषि विकासमा महत्वपूर्ण योगदान पुगेको बताए। उनले सहकारी संस्थाहरूलाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन आवश्यक रहेको पनि जोड दिए।
धनुषा जिल्लामा हाल करिब ३८ सहकारी संस्था दर्ता रहेको जनाइएको छ भने तीमध्ये करिब ५५ वटा सक्रिय रूपमा सञ्चालनमा रहेका छन्। कार्यक्रममा करिब ४०० देखि ४५० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएको छ।
दिवसको अवसरमा सहकारी क्षेत्रको प्रवर्द्धन, सदस्यहरूको हित संरक्षण, तथा स्थानीय स्तरमा आर्थिक गतिविधि सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले सहकारीको सुदृढीकरणका लागि सरकारी नीति, सहजीकरण र निगरानी अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर