रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

रुवी कुमारी उपसभामुख बनेपछि पार्टी जिम्मेवारीबाट अलग

[sharethis-inline-buttons]

काठमाडौँ, २७ चैत २०८२ — श्रम संस्कृति पार्टीकी नेतृ रुवी कुमारी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएसँगै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएकी छन्।
उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै दिएको पत्रमार्फत उपसभामुखको जिम्मेवारी निर्वाह गर्दा संविधानअनुसार तटस्थ रहनुपर्ने भएकाले पार्टीका सबै जिम्मेवारी त्यागेको जानकारी गराएकी हुन्। नेपालको संविधानको धारा २९९को उपधारा (५)अनुसार सभामुख वा उपसभामुखले कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नरही निष्पक्ष रूपमा काम गर्नुपर्ने व्यवस्था छ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी रुवी कुमारी ठाकुरलाई यही मिति २०८२ चैत २७ गतेको प्रतिनिधिसभा बैठकले उपसभामुख पदमा निर्वाचित गरेको हो।
उनले पार्टीले आफूलाई उक्त गरिमामय पदमा पुर्‍याउन खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संविधान र कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर