धनुषा , असार ३०। धनुषाको सबैला नगरपालिका–९ स्थित भठिहन टोलमा भठिहन समाज कल्याण सेवा समिति तथा श्री शिव शक्ति युवा क्लब भठिहन बजारको आयोजनामा अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
स्वर्गीय विश्वनाथ राय आमातकी पत्नी उशिया राय आमात आर्थिक रूपमा अत्यन्तै विपन्न अवस्थामा रहेको जानकारीपछि समितिले खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तथा नगद सहयोग उपलब्ध गराएको हो।
सहयोगस्वरूप एक जोरा पाठी, २.५ क्विन्टल चामल, १ क्विन्टल गहुँ, २५ किलो मसुर दाल, १५ किलो प्याज, ३० किलो आलु, १० किलो खाने तेल, १ किलो नरिवल तेल, लुगा धुने साबुन, नुहाउने साबुन, सर्फ, विभिन्न मसला, ग्यास सिलिन्डरसहित चुल्हो सेट, बालबालिकाका कपडा, साडी–ब्लाउज, जुत्ता–चप्पल, ब्रस, पेस्ट, जिब्रो सफा गर्ने सामग्री, एक थान ब्ल्याङ्केट, चना, सोयाबिन, हरियो मटर, १० किलो नुनलगायतका सामग्री तथा नगद रु. ३,५०० प्रदान गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाले सहयोगी सबै युवा हातहरूप्रति आभार व्यक्त गर्दै यस्ता अति विपन्न परिवारलाई थप सहयोग गर्न इच्छुक सबैलाई मानवीय सहयोगमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ।
भठिहनमा अति विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र नगद सहयोग
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






