रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

मधेसका चार अफिसियल साउथ एशियन कराते प्रतियोगितामा सहभागी हुने

जनकपुरधाम । आगामी २०२६ जुलाई १५ देखि १९ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुने साउथ एशियन कराते प्रतियोगितामा मधेस प्रदेशबाट चार जना अफिसियल सहभागी हुने भएका छन्।
प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै चित्रबहादुर पुलामी, बिरेन्द्र कर्ण, राजेश कुमार गुप्ता र फुलकुमारी योन्जन अफिसियलको रूपमा सहभागी हुनेछन्।
उनीहरूले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्राविधिक तथा अफिसियल जिम्मेवारी निर्वाह गर्नेछन्। उक्त सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा मधेस प्रदेशको कराते क्षेत्रको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर