जनकपुरधाम। रेडियो धनुषको कार्यक्रम ‘मधेस बहस’ मा पत्रकार मुकेश कुमार ठाकुरसँगको कुराकानीमा मिटरव्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले सरकारसँग तीन चरणको छलफल भइरहेको र ६ बुँदे माग सम्बोधन भए मात्र आन्दोलन स्थगित गरी फर्किने बताउनुभयो। उहाँले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने स्पष्ट पार्नुभयो।
तपाईको प्रतिक्रिया






