सिरहा, असार २८।
सिरहाको गोलबजार नगरपालिका–७ मा वर्षाको पानी जमेर बनेको पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्। आइतबार दिउँसो नुहाउने क्रममा उनीहरू डुबेका हुन्।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगेर उद्धार तथा खोजतलासमा खटिएको छ। स्थानीयले पाँच जना डुबेको बताए पनि त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
तपाईको प्रतिक्रिया






