गंगा यादवले धनुषाधाम नगरपालिका वडा नं. ७ मा सरकारी विद्यालयका विद्यार्थीहरूका लागि ‘निःशुल्क साँझ ट्युसन सेन्टर’ पुनः सञ्चालनमा आएको छ। शिक्षक यादवले आफ्नो जन्म उत्सवको अवसर पारेर सामाजिक सेवाको फेरि सुरु गर्नुभएको हो।
यस कार्यक्रममार्फत कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष गरी एस.ई.ई. परीक्षाको तयारीमा सहयोग पुर्याउने, आधारभूत ज्ञान बलियो बनाउने र आत्मविश्वास वृद्धि गर्ने उद्देश्य राखिएको छ। साथै भगवानपुर, उराँव टोल, मटियार्बा, किसानपुर र आनन्द चोकका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क शिक्षा उपलब्ध गराउने लक्ष्य लिइएको छ।
सञ्चालकका अनुसार गुणस्तरलाई ध्यानमा राख्दै पहिलो चरणमा ५० जना विद्यार्थीलाई मात्र भर्ना लिइनेछ। भर्ना प्रक्रिया भोलिदेखि सुरु हुने जनाइएको छ।
इच्छुक विद्यार्थी तथा अभिभावकहरूले ९८२५८३८०३८ नम्बरमा सम्पर्क गरी भर्ना सुनिश्चित गर्न सक्नेछन्।
“शिक्षा नै विकासको मूल आधार हो” भन्ने सन्देशसहित सुरु गरिएको यो पहलले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
धनुषाधाममा निःशुल्क साँझ ट्युसन सेन्टर पुनः सञ्चालन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर





