रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाका खोलामा अवैध उत्खनन, कारबाही कहिले ?

[sharethis-inline-buttons]

धनुषाको कमला नदी, चारनाथ खोला, बालुवा खोला, औरहीलगायतका खोलाहरूमा मापदण्डविपरीत नदी किनारमै गैरकानुनी रूपमा सञ्चालन भइरहेका क्रसर उद्योग र अवैध उत्खननप्रति गम्भीर प्रश्न उठेको छ। स्थानीय सरकारको मिलेमतोमा उत्खनन भइरहेको आरोपसमेत स्थानीयवासीले लगाएका छन्।
प्रमाणित नगरी थुपारिएको बालुवा–ग्राभेल कहिले जफत हुन्छ भन्नेबारे सरकारसँग स्थानीयले जवाफ मागिरहेका छन्। सम्बन्धित निकायले प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर