रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

धनुषाधाममा महिला र बालक मृत फेला

[sharethis-inline-buttons]

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरस्थित प्रमोद साहको घरमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
स्थानीयका अनुसार २३ वर्षीया बबिता साह आफ्नै एलबेस्टर घरको कोठामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् भने पूजा कोठामा १८ महिनाको आरभ साह घाँटीमा डोरीजस्तो डाम देखिएको अवस्थामा मृत फेला परेका छन्।
मृतक बबिताका श्रीमान रोजगारीका लागि विदेशमा रहेका छन्। उनी एक महिना घर बसेर करिब २० दिनअघि मात्रै पुनः विदेश फर्किएको बताइएको छ।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय धनुषाधाम का प्रहरी निरीक्षक राजेश शर्मा अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको थियो। थप सुरक्षाका लागि सशस्त्र प्रहरी सुरक्षा वेस धनुषाधाम बाट सशस्त्र प्रहरी निरीक्षक गणेश कुमार बोहरा सहितको टोली परिचालन गरिएको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर