धनुषाको धनुषाधाम नगरपालिका–८ भिमान चोकस्थित समिक्षा हेल्थ केयर प्रा.लि.बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबर र लागुऔषध ब्यूरो शाखा कार्यालय बर्दिवासको संयुक्त टोलीले औषधि पसल तथा घरकोठामा खानतलासी गर्दा विभिन्न प्रकारका प्रतिबन्धित ट्याबलेट बरामद गरेको हो।
प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१ निवासी ३४ वर्षीय सन्तोष कुमार विश्वकर्मालाई नियन्त्रणमा लिएको जनाएको छ। खानतलासीका क्रममा TAPENTADOL 50mg का १७०० पिस, TAPENTADOL 100mg का १२०० पिस, स्पासरेस्ट १५९० पिस, TRAMADOL ५०mg का १०० पिस, ANTIKOF ५०० पिस, SPASPAIN ५०० पिस लगायत विभिन्न लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इ.प्र.का. ढल्केबरले जनाएको छ।
धनुषाधाममा ठूलो परिमाणमा लागुऔषध बरामद, एक पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






