धनुषाको मिथिला नगरपालिका–१० लालगढ सुनौलो बस्तीबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबर, प्रहरी चौकी लालगढ र लागुऔषध ब्युरो बर्दिवासको संयुक्त टोलीले विजय लिम्बुले डेरा गरी बसेको कोठामा खानतलासी गर्दा Tentadol 100 mg का ९२ पिस ट्याबलेट र स्पासरेस्ट ८३ पिस ट्याबलेट बरामद गरेको हो।
प्रहरीले महोत्तरी बर्दिवास नगरपालिका–७ का ३० वर्षीय विजय लिम्बु, २७ वर्षीय मनकुमार ‘सागर’ लिम्बु तथा बर्दिवास–१ का २८ वर्षीय सुमन बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ। साथै नगद रु.१५ हजार ५ सय २०, ३ थान मोबाइल तथा लागुऔषध सेवनपछि फालिएको खोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इ.प्र.का. ढल्केबरले जनाएको छ।
तपाईको प्रतिक्रिया






