धनुषा, जेठ १३ ।
धनुषाको मिथिला बिहारी नगरपालिका अन्तर्गत रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय पशुराम तलाउमा हिजो भएको विद्यार्थी आन्दोलनपछि नगरपालिकामा सरोकारवालाबीच छलफल गरी सहमति गरिएको छ ।
नगर प्रमुख राजेन्द्र प्रसाद यादव को उपस्थितिमा विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधिबीच भएको छलफलमा विद्यार्थी पक्षले अब कुनै आन्दोलन तथा उपद्रवका कार्यक्रम नगर्ने सहमति जनाएको हो ।
सहमति अनुसार विद्यालयको पठनपाठन नियमित रुपमा सञ्चालन गरिनेछ । साथै नगर शिक्षा समितिले विद्यार्थीहरुले उठाएका माग एक हप्ताभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमतिपत्रमा विद्यार्थी तर्फबाट रबिन कुमार यादव (रवि) र कञ्चन कुमारी ठाकुर तथा नगर प्रमुख राजेन्द्र प्रसाद यादव ले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया






