धनुष टिभी,धनुषा।धनुषाको सहिदनगर नगरपालिका–८ नाथपट्टीस्थित पोखरी परिसरमा पासवान समुदायका आराध्य देवता राजा सल्हेश महाराजको सल्हेश गहबर निर्माणका लागि शिलान्यास गरिएको छ।
नाथपट्टी चौक नजिकै आयोजित कार्यक्रममा पूर्वमन्त्री उमाशंकर अरगरिया, सहिदनगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव र वडा अध्यक्ष तनुकलाल कुसैतले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो। राजा सल्हेश महाराजलाई पासवान समुदायको आस्था र धार्मिक विश्वासको केन्द्रका रूपमा पुजिँदै आएको छ।
तपाईको प्रतिक्रिया







