रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

जनकपुरधाम। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।
प्रदेश प्रमुख कर्णले मंसिर ५, २०८३ मा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभा सदस्य यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
प्रदेश प्रमुखको कार्यालयबाट जारी नियुक्तिपत्रमा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरिएको छ।
बारा निवासी यादवको नियुक्तिसँगै मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकार सञ्चालन हुने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर