रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

कर्मचारीले राजनीतिक दलको झोला बोक्ने होइन, जनताको सेवा गर्नुपर्छ : गृहमन्त्री गुरुङ

 

गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने प्रवृत्ति त्याग्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको बताएका हुन्।

उनले पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारेका छन्।

गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उल्लेख गर्दै सरकारलाई चाकडी गर्ने होइन, जनताको दुःख बुझ्ने र आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर