जनकपुरधाम, भदौ २ ।
पूर्व मन्त्री एवं प्रदेश सभासदस्य सुनिता यादवले आफ्ना पिता स्व. (शहीद) को ३१ औं सहादत दिवसको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
यादवले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको भावनात्मक सन्देशमा उनले भनिन्, “एउटा सन्तानको जीवनमा आफ्नो बुबाको उपस्थिति, स्नेह र प्रेमको ठूलो महत्त्व हुन्छ तर त्यो सब मैले मेरो जीवनमा तपाईबाट पाउन सकिन। मेरो बाल्यकालले तपाईंको उपस्थिति खोजिरह्यो तर राष्ट्रलाई तपाईंको बलिदानको आवश्यकता थियो।”
उनले आफ्ना पिता लगायत परिवारका अन्य सदस्यहरुले जनयुद्धकालीन संघर्षमा दिएको सहादतलाई सम्झदै लेखेकी छन्, “तपाईदेखि दाजु शेखर, डम्बरजी लगायत अन्य आफन्त दुई काकाको पनि सहादत भयो। यसले हाम्रो परिवारलाई पीडामय अवस्थाबाट गुज्रिनुपर्यो तर तपाईको बलिदान प्रती मेरो उच्च सम्मान छ।”
यादवले जनयुद्धले देशलाई गणतन्त्र, संघीयता र समानुपातिक प्रतिनिधित्व जस्ता ऐतिहासिक उपलब्धि दिलाएको उल्लेख गर्दै आफ्ना आमा(बुवालाई क्रान्तिकारी नमुना जोडीको रुपमा समेत स्मरण गरेकी छन्।
राष्ट्रले समेत उनका पिता सहित सहादत प्राप्त वीर योद्धाहरुलाई राष्ट्रदीप तृतीय र हुलाक टिकट मार्फत सम्मान गरेकोप्रति यादवले गर्व प्रकट गरेकी छन्।
उनी भन्छिन्, “म तपाईको सन्तान हुन पाएकोमा गर्व गर्छु,।




