रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै पत्रकारहरू आन्दोलित

[sharethis-inline-buttons]

जनकपुरधाम भाद्र ७ गते । कोशी प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगरलाई कार्य क्षेत्र बनाई पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सभा अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । संसदीय पत्रकार मञ्चका प्रतिनिधिमुलक पत्रकारहरुले कोशी प्रदेश सभाको प्राङ्गण भित्र समेत धर्ना दिएका थिए । प्रदेश सभा अगाडि धर्ना दिँदा प्रहरीले उठाएर गेट बाहिर निकालेको थियो । त्यसपछि गेटअगाडी धर्ना दिन खोजदा पत्रकारहरुलाई प्रहरीले धरपकड गर्दै बल प्रयोग गरी देवकोटा चौक पुर्याएका थिए । प्रहरीले गरेको धरपकड गरेकोमा पत्रकर सम्वध संस्थाहरुले खेद प्रकट गरेका छन । नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खडकाले पत्रकारको लागि बनाउन लागेको कानुन पत्रकारको हितमा नभएकोले बिरोध गर्नु परेको वताए । उहाँले प्रदेश सरकारले यो विधेयक पत्रकार मैत्री भएन भने कुनै हालतमा मान्य नहुने बताए । अध्यक्ष खडकाले यो विधेयक सच्याइएन भने भोलि देखि कोशी प्रदेशको १४ जिल्लामा प्रदेश सरकारको बिरोध गर्ने सरकारलाई कडा चेतावनी दिएको छ ।पत्रकार माथि अंकुस लगाउने र समाचार लेखेकै आधारमा सजाय र दण्ड गर्ने कानुन तुरुन्त सच्याउन आग्रह गर्दै । पत्रकारले पटकपटक विधेयक माथि बसेर छलफल गर्दा समेत अटेर गरेर सुनियोजित तरिकाले विधेयक ल्याएकोले विरोधमा उत्रिनु परेको अध्यक्ष खड्काको भनाइ छ ।पत्रकारहरुले कोशी प्रदेश सरकारको विरुद्ध नारा जुलुस समेत गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर