सिरहा, भदौ १८ –
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।भने अध्यक्षमा अभरेन्द्र यादव र उपाध्यक्षमा रामहृदय यादव,माला राय यादव पुनः चयन भएका छन्।
सिरहाको मिर्चैया नगरपालिकास्थित खुश्बु होटेलमा भदौ १७ र १८ गते दुई दिनसम्म चलेको अधिवेशनले सर्वसम्मत निर्णयमार्फत २१ सदस्यीय नयाँ समिति गठन गरेको हो।
अध्यक्ष स् अभरेन्द्र यादव,उपाध्यक्ष स् रामहृदय यादव (धनुषा),माला राय यादव (धनुषा),मुख्य सचिव प्रवेश कुमार मिश्र (सप्तरी),सचिव नागेन्द्र यादव (महोत्तरी), प्रभा कुमारी यादव (पर्सा),समावेशी सचिव राम पुकार राउत (रौतहट),सरोज कुमार यादव (सर्लाही),कोषाध्यक्ष स् राजेश कुमार सिंह त्यसैगरी सदस्यमा उमेश यादव (रौतहट), राजेश प्रसाद यादव बारा, शितल साह सिरहा, ओमप्रकाश यादव सिरहा, विनय कुमार अधिकारी धनुषा, ब्रह्मानन्द ठाकुर धनुषार मेवालाल यादव रौतहट रहेका छन्।
महिला सदस्यमा रश्मी पटेल रौतहट, आदिवासी जनजाति तर्फ जितेन्द्र सिंह दनुवार सिरहा र ज्ञानेश्वर मण्डल सर्लाही रहेका छन् भने मुस्लिम समुदायतर्फ साविर आलम निर्वाचित भएका छन्।
अधिवेशनमा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरू सहभागी भएका थिए। अन्य प्रदेशका समितिहरू र केन्द्रीय पार्षदहरूको सहमतिसहित अध्यक्ष तथा उपाध्यक्षमा पुनः यादवहरूको नेतृत्व सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिएका छन्।




